images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • मर्चेन्ट बैंकरको लाइसेन्स दिन पुनः थालियो,...

मर्चेन्ट बैंकरको लाइसेन्स दिन पुनः थालियो, आईपीओ जारी गर्न सक्ने

मर्चेन्ट बैंकरको लाइसेन्स दिन पुनः थालियो, आईपीओ जारी गर्न सक्ने

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स दिने कार्य पुनः सुचारु गरेको छ । सेबोनका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार स्थगित रहेको उक्त अनुमति पत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको हो ।

    images
    images

    ‘मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमति पत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको छ’, सेबोनले जारी गरेको सूचनामा उल्लेख छ ।

    मर्चेन्ट बैंकर व्यवसायको अनुमति पत्र प्रदान गर्ने कार्य २०७५ सालदेखि स्थगित थियो । हालसम्म स्थगित रहेको उक्त कार्य पुनः सुचारु गरिएको सेबोनले जानकारी दिएको छ ।

    images
    images

    कम्तीमा १ अर्ब चुक्ता पूँजी भएका तथा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका मर्चेन्ट बैंकरहरुलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ । यी कम्पनीहरूले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend