काठमाडौं । साताको पाचौँ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) २.४१ अंकले बढेको छ । यससँगै सूचक २७१३.८७ को विन्दुमा कायम भएको छ ।
बिहीबार प्रि ओपन सेसनमा १ करोड २६ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७८ कम्पनीको १९ हजार ५ सय ३६ कित्ता सेयर कारोबार भएको छ ।
४० कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७० वटा कारोबार भएको हो ।




.gif)





