images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फागुन २३ गते महुली लघुवित्तको साधारण...

फागुन २३ गते महुली लघुवित्तको साधारण सभा

फागुन २३ गते महुली लघुवित्तको साधारण सभा

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौँ वार्षिक साधारण सभा आउँदो फागुन २३ गते शुक्रवार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ।

    images
    images

    त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पुँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

    सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन ८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend