images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नागरिक लगानी कोषको नाफा १४ प्रतिशत...

नागरिक लगानी कोषको नाफा १४ प्रतिशत बढ्यो

नागरिक लगानी कोषको नाफा १४ प्रतिशत बढ्यो

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । नागरिक लगानी कोषको नाफा करिब १४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ छ ।गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ थियो । ब्याज आम्दानी सामान्य घटेको छ भने कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ ।

    images
    images

    जसकारण कुल आम्दानी नै बढ्न पुगेको छ । गत आवको दोस्रो त्रैमासमा कुल आम्दानी ९२ करोड ४५ लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३ करोड रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ २० पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा छ । प्रतिसेयर नेटवर्थ पहिले १६५ रुपैयाँ ८ पैसा थियो ।

    विभिन्न योजना तथा कोषमार्फत रकम संकलन गर्दै आएको नागरिक लगानी कोषले मुद्दती निक्षेप, ऋणपत्र, कर्जा तथा सेयर लगायत धितोपत्रमा लगानी गर्दै आएको छ । बजारमा सूचीकृत यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८७ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend