images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • अपरसोलु हाइड्रोको वित्तीय विवरण सार्वजनिक,...

अपरसोलु हाइड्रोको वित्तीय विवरण सार्वजनिक, नाफा ७० प्रतिशत बढ्यो

अपरसोलु हाइड्रोको वित्तीय विवरण सार्वजनिक, नाफा ७० प्रतिशत बढ्यो

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ७० प्रतिशत बढेको छ ।कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा ८ करोड ३९ लाख रुपैयाँ थियो ।

    images
    images

    विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले कम्पनीको नाफामा टेवा पुगेको छ । विद्युत् बिक्री आम्दानी पहिले ४२ करोड ८८ लाख रुपैयाँ रहेकोमा अहिले ४५ करोड ४८ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पहिले १९ करोड ५५ लाख रुपैयाँ रहेकोमा अहिले १५ करोड ६० लाख रुपैयाँ छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०० रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend