images

२०८३ आश्विन ३० गते

images
images
images

लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशत घट्यो

लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशत घट्यो

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा १८ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ छ ।

    images
    images

    कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा २ करोड १५ लाख २२ हजार खुद नाफा कमाएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा छ ।

    खुद ब्याज आम्दानी बढ्दा पनि नाफा घटेको छ । गत आवको ६ महिनामा खुद ब्याज अम्दानी १७ करोड ८९ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ७२ लाख रुपैयाँ छ ।

    images
    images

    कम्पनीले निष्क्रिय कर्जामा पनि सुधार गरेको छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा कुल कर्जामा ९.६३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ८.४७ प्रतिशत छ ।प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९४ पैसा रहेको कम्पनीको बजार मूल्य हाल ११७५ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend