कुथेली बुखरी स्मल हाइड्रोपावर (KBSH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना सम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी सँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२७ प्रतिशत घटेर ८८ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पुस मसान्त सम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ।
नाफा सँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। पुस मसान्त सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ।




.gif)





