images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • क्रेस्ट माइक्रो लाइफको ठूला सेयरधनीमा विभिन्न...

क्रेस्ट माइक्रो लाइफको ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा कम्पनी (सूचीसहित)

क्रेस्ट माइक्रो लाइफको ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा कम्पनी (सूचीसहित)

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।कम्पनीले अहिले विदेशमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ । उक्त सेयरमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

    images
    images

    आव २०८०/८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १०३.२७ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १०९.३१ रुपैयाँ, आव २०८२/०८३ मा १२५.१८ रुपैयाँ, आव २०८३/०८४ मा १४५.९३ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।आव २०८०/८१ मा कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १५.१८ रुपैयाँ, आव २०८२/०८३ मा १५.८१ रुपैयाँ, आव २०८३/०८४ मा २०.६५ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

    आव २०८०/८१ मा कम्पनीको नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा २ करोड ६९ लाख ५९ हजार रुपैयाँ, आव २०८२/०८३ मा ९ करोड ९४ लाख ५९ हजार रुपैयाँ, आव २०८३/०८४ मा १९ करोड ६३ लाख २४ हजार रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

    images
    images

    कम्पनीमा हिमालयन लाइफको ११ लाख २५ हजार कित्ता, मेट्रो क्यापिटलको ८ लाख ७२ हजार ५०० कित्ता, किशन लाल दुगडको ३ लाख ५० हजार, केआरएस इन्भेष्टमेन्ट प्रालिको ३ लाख ५० हजार, श्रद्धा अग्रवालको २ लाख २७ हजार ५०० कित्ता, संगीता देवी मोरको २ लाख ८ हजार ५००, अनुपम राठीको १ लाख ७५ हजार, सुमन मोर १ लाख ५२ हजार, बीना मोरको १ लाख ५२ हजार, संजय गोल्छाको १ लाख २५ हजार, समृद्धि एण्ड कम्पनीको १ लाख २५ हजार, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ ।

    वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्सको १ लाख, इफिसियन्ट हायजिङ एण्ड इन्भेष्टमेन्टको १ लाख, आरएमसी कन्स्टक्सन एण्ड इन्भेष्टमेन्टको १ लाख, इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता र शोभारक न्यौपानेको १ लाख कित्ता सेयर स्वामित्व छ ।हिमालयन रिइन्स्योरेन्सको सञ्चालकमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता,राजीव मोर र सुभेच्छा खरेल र सुवास झुनझुनवाला रहेका छन् ।

    मेट्रो क्यापिटलको सञ्चालकमा मृदुला सरिय रहेकी छिन् । यस्तै केआर एस इन्भेष्टमेन्ट प्रालि को सञ्चालकमा कमलकिशोर मालपानी, नितेश मालपानी, श्रवण कुमार बेरिवाल, राजीव कुमार बेरिवाल, रघुनाथ घिमिरे रहेका छन् ।समृद्धि एण्ड कम्पनी प्रा.लिमा सुहद ज्योति सञ्चालक रहेका छन् । वैभव एण्ड कम्पनी प्रा.लिमा सौरभ ज्योति, पद्म ज्योति र मिरा ज्योति रहेका छन् ।आर.एच.इन्भेष्टमेन्ट एण्ड डेभलपर्स प्रा.लि सुशील कुमार शर्मा र गोपाल अग्रवाल रहेका छन् । इफिसियन्ट हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रा.लिमा सुमन अग्रवाल, पुनम कुमारी टिवडेवाल, प्रकाश अग्रवाल, रोहित अग्रवाल, गोपाल अग्रवाल, शुशील कुमार शर्मा, जिवन कुमार अग्रवाल, स्वाती अग्रवाल लोहिया रहेका छन् ।

    आर.एम.सी.कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट प्रा.लिमा श्रवण कुमार अग्रवाल, राजेश कुमार अग्रवाल, बिष्णु कुमार अग्रवाल सञ्चालक रहेका छन् ।इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालिमा सुमन अग्रवाल, र पुनम कुमारी टिवडेवाल सञ्चालक छन् । ग्रीन अर्थ इन्भेष्टमेण्ट एण्ड कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ऋषि राज मोर अध्यक्ष रहेका छन् । सञ्चालकमा मेट्रो क्यापिटलको प्रतिनिधि मृदुला सरिया, उक्त क्यापिटलका विदुर पुरी, र रोहित करण वैद्य रहेका छन् । यस्तै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुके रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend