काठमाडौं । साताको दोस्रो दिन आज सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज कारोबार रकमसहित नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) परिसूचक दुई दशमलब ४१ अंकले बढेको छ । आज नेप्से बढेर दुई हजार ७३० अंकको बिन्दुमा पुगेको छ ।
यस्तै आज कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख बराबरको भएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर कारोबार भएको थियो ।
आज ९७ वटै उपसमूहको शेयरमूल्य बढेको छ भने कारोबारमा आएका २४२ कम्पनीमध्ये १३७ कम्पनीको शेयर बढ्दा ८ कम्पनीको शेयरमूल्य यथावत छ । आज दुई वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । उपकार लघुवित्त, र सनराइज फोकस फण्ड १० प्रतिशतभन्दा बढीले बढेका छन् ।




.gif)





