images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सानिमा क्यापिटलले सानिमा फ्लेक्सी फण्डको इकाई...

सानिमा क्यापिटलले सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउदै

सानिमा क्यापिटलले सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउदै

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आगामी फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो फण्ड सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।

    images
    images

    फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। यसको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई सार्वजनिक निष्काशनमा ल्याइने छ। यसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाई सामान्य लगानीकर्ताहरूले आवेदन गर्न पाउनेछन्।

    आवेदन प्रक्रिया र समय
    लगानीकर्ताहरूले फागुन ११ गतेसम्म यस फण्डको इकाईमा आवेदन दिन सक्नेछन्। यदि सबै इकाई बिक्री नभएको खण्डमा आवेदन अवधि फागुन २० गतेसम्म बढाइने छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

    images
    images

    लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत सि–आस्बा प्रणाली अनलाइन पनि आवेदन दिन सकिनेछ।

    रेटिङ्ग र विश्वास
    क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले यस फण्डको कोष प्रबर्द्धकलाई ‘इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट’ र योजना व्यवस्थापकलाई ‘इक्रएनपि एएमसि क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।

    सानिमा फ्लेक्सी फण्डले लगानीकर्ताहरूलाई न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिने सुविधा प्रदान गरेको छ। यो फण्ड नेपालको बजारमा विविध लगानीका अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend