images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • आरम्भ चौतारी लघुवित्तले माग्यो विभिन्न पदमा...

आरम्भ चौतारी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

आरम्भ चौतारी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा केही कर्मचारी माग गरेको हो।

    वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने लघुवित्त संस्थामा क्रमशः ५ वर्ष, ४ वर्ष र ३ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।

    images
    images

    सुपरभाइजर र वरिष्ठ सहायकको हकमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सुपरभाइजर पदको कम्तीमा ४ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। वरिष्ठ सहायकको लागि ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। स्नातक तह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

    सहायक पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने लघुवित्त सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ। 

    अधिकृत तहको लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ भने सहायक तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष उमेर थप हुने कम्पनीको भनाइ छ।इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।aarambha-1738475604.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend