images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचकमा सामान्य सुधार,३ दिनको औषत...

नेप्से परिसूचकमा सामान्य सुधार,३ दिनको औषत कारोबार रकममा २६.८३ % को वृद्धि

नेप्से परिसूचकमा सामान्य सुधार,३ दिनको औषत कारोबार रकममा २६.८३ % को वृद्धि

images
images
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • काठमाडौँ । यस साता नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । गत साता २६५४.३५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१३ प्रतिशत अर्थात् ३.४२ अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ।

    images
    images

    यस साता भएको ३ कारोबार दिन मध्ये १ कारोबार दिन नेप्से बढेको हो भने २ कारोबार दिन नेप्से घटेको थियो। साताको अन्तिम कारोबार दिन मंगलबार नेप्से सामान्य बढेर बन्द भएको छ ।

    नेप्से सँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १५ करोडको शेयर किनबेच भएको छ।

    images
    images

    गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.८३ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २३.४६ प्रतिशत बढेको छ । यस साता फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१५ प्रतिशत बढेको छ।

    १३ उपसमूह मध्ये यस साता ७ उपसमूहको परिसूचक घटेको छ। भने ६ उपसमूहको परिसूचक बढेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ।

    यस साता नेप्सेमा २८ लाख ७६ हजार ३०३.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता रु रु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र माहुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको हो। यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक २९.८५ प्रतिशत बढेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend