images

२०८३ आश्विन १९ गते

images
images
images

हरित करबाट एक महिनामै २० करोड संकलन

हरित करबाट एक महिनामै २० करोड संकलन

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् लगाइएको हरित करमार्फत् नेपाल आयल निगमले एक महिनामै २० करोड रुपैयाँ संकलन गरेको छ ।

    images
    images

    गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाअनुसार पेट्रोल र डिजेलमा समान प्रतिलिटर एक रूपैयाँ कर लगाइएकोमा सोही दिनदेखि निगमले कर उठाउन सुरु गरेको थियो ।

    उक्त करबाट एक महिनामा २० करोड संकलन भएको निगमले जनाएको छ ।

    images
    images

    बजेटमार्फत् कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । जसअनुसार  कोइला र कोइलाबाट उत्पादित वस्तु, कोक र विभिन्न तेलहरूमा ५०/५० पैसा तथा डिजेल र पेट्रोलमा १/१ रुपैयाँ हरित कर लाग्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend