images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • सूचीकृत १२ कम्पनीको सेयर मूल्य...

सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर

सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५७ अंकमा कायम भएको छ ।पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।

    images
    images

    बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी १२ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनी छन् ।

    images
    images

    हालसम्मकै उच्च मूल्यमा पुगेका यी हुन् १२ कम्पनी 

    कम्पनी हालको मूल्य
    कर्पोरेट डेभलपमेन्ट बैंक २४८०
    ग्रीन डेभलपमेन्ट बैंक १८५०
    हिमालयन हाइड्रोपावर ५९६
    मकर जितुमाया सुरी हाइड्रोपावर ७७९
    मोदी इनर्जी ३७३
    एनआरएन इन्फ्रास्ट्रक्चर १३२२
    न्यादी हाइड्रोपावर ७०७.८०
    राप्ती हाइड्रो ६५२.८०
    श्वेतगंगा हाइड्रोपावर ६२०
    सिक्लेस हाइड्रोपावर १२०५
    सिन्धु विकास बैंक १२४६.८०
    सामुदायिक लघुवित्त २८५४
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend