images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • फ्रान्ससम्म पुग्छ इलामको जडीबुटी तेल, प्रतिकिलो...

फ्रान्ससम्म पुग्छ इलामको जडीबुटी तेल, प्रतिकिलो दुईदेखि सात हजार मूल्य

फ्रान्ससम्म पुग्छ इलामको जडीबुटी तेल, प्रतिकिलो दुईदेखि सात हजार मूल्य

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं ।  इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ। माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो। 

    images
    images

    १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको उनले जानकारी दिए। उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको बताए। 

    “हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ। त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भने,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ। विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन्। त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ।”

    images
    images

    उनले आफू ओसोको अनुयायी भएकाले ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए। “सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए। पछि तेलको महत्वबारे जानकारी गराएपछि उनीहरूले मन पराएका हुन्। “उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भने।

    धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५०० रुपैयाँ, तीतेपातीको तेल प्रतिकिलो ६ हजार रुपैयाँ, मेन्थाको तेल प्रतिकिलो सात हजार रुपैयाँ र धसिंगरेको तेल प्रतिकिलो सात हजार रुपैयाँमा बिक्री हुने गरेको छ। दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन्। उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गर्छन्। “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ। धूपी प्रतिकिलो आठ रुपैयाँ र तीतेपाती प्रतिकिलो चार रुपैयाँले घरमै  गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ।  

    गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले जानकारी दिए। यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend