images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • धौलागिरी लघुवित्तको नाफामा उछाल, प्रति सेयर...

धौलागिरी लघुवित्तको नाफामा उछाल, प्रति सेयर आम्दानी पनि बढ्यो

धौलागिरी लघुवित्तको नाफामा उछाल, प्रति सेयर आम्दानी पनि बढ्यो

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । काठमाडौं धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो ।

    images
    images

    यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढेर ६ करोड ४१ लख ३२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।

    पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लख रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend