images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से १०.६१ अंकले घट्यो, ८...

नेप्से १०.६१ अंकले घट्यो, ८ अर्ब ९२ करोडको कारोबार

नेप्से १०.६१ अंकले घट्यो, ८ अर्ब ९२ करोडको कारोबार

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । १०.६१ अंकले बजार घट्दा परिसूचक २६३३ बिन्दुमा ओर्लिएको छ । 

    images
    images

    सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

    सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो । 

    images
    images

    सोमबार १२९ कम्पनीको मूल्य घट्यो । यसमा सप्तोकोशी विकास बैंक, उपकार लघुवित्त, धौलागिरि लघुवित्त लगायत कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । सोमबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । 

    सोमबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । यो उपसमूह ३.४६ प्रतिशतले बढेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend