images

२०८३ कार्तिक १ गते

images
images
images

प्रभु केवलकारको हकप्रद सेयर बाँडफाँट

प्रभु केवलकारको हकप्रद सेयर बाँडफाँट

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।  प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर माघ १३ गते बाँडफाँट गरेको छ। 

    images
    images

    कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई आवेदन अनुसार हकप्रद शेयर बाँडफाँट गरेको हो । आफ्नो हकभन्दा बढी सेयर माग गर्ने आवेदकहरूको हकमा समेत माग बमोजिम सेयर बाँडफाँट गरिएको भनाई कम्पनीको छ । 

    कम्पनीले मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुका लागि ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक सेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद सेयर विक्री गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend