images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने...

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप - अब कहिलेसम्म ?

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप - अब कहिलेसम्म ?

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। 

    images
    images

    कम्पनीले  गत पुस २३ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको हो । यससँगै अब कम्पनीको हकप्रद सेयरमा  हकप्रदमा माघ २९ गते सम्म आवेदन दिन पाइनेछ। 

    कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

    images
    images

    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक र यसका विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो सेयर अनलाइनमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ।

    यो हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन्।।

    हकप्रद सेयर निष्कासन र बाडँफाँडपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend