images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारण सेयर लिलामी...

लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारण सेयर लिलामी बिक्रीमा आउने

लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारण सेयर लिलामी बिक्रीमा आउने

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  •  काठमाडौं । यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको साधारण सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

    images
    images

    माघ २१ गतेदेखि फागुन ५ गतेसम्म इच्छुकले लिलामी सेयर खरिदका लागि बोलकबोल आवेदन दिन सक्नेछन् ।

    कुल ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर लिलामी बिक्री हुन लागेको हो । इच्छुकले एबीबीआई मर्चेन्ट बैंकिङको ठमेल कार्यालय तथा उपत्यकाबाहिर लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट १ सय रुपैयाँ तिरेर फारम लिन र आवेदन दिन सक्नेछन् ।

    images
    images

    न्यूनतम १ सय कित्ताका लागि बोलकबोल आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत जनाएको छ । ५ लाख रुपैयाँमाथिको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

    यसअघि कम्पनीले १ बराबर ०.८८ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend