काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ।
कम्पनीको मंसिर १४ गतेको साधारणसभाले पारित गरेको ४.७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरेको थियो। कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाइएको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
साथै कात्तिक २५ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि बोनस सेयर डिम्याट खातामा पठाइने प्रभु क्यापिटलले जनाएको छ।




.gif)





