images

२०८३ आश्विन ३० गते

images
images
images

राष्ट्र बैंकबाट कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

राष्ट्र बैंकबाट कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।कामना सेवाले आफ्नो १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो ।

    images
    images

    राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रूपमा गत १२ असरमा सर्कुलर जारी गर्दै अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

    राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत १७ असारमै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पूँजीकोष बढ्न गई व्यवसाय विस्तारमा सहजीकरण हुनेछ ।हाल बजारको तरलता अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम समेत हुने बैंकले जनाएको छ ।

    images
    images

    अब, नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात उक्त अबिमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृति पश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने थकालीले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend