images

२०८३ आश्विन १५ गते

images
images
images

'मायावी' को गीत 'सितारा जडेको' सार्वजनिक

'मायावी' को गीत 'सितारा जडेको' सार्वजनिक

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म 'मायावी' को नयाँ गीत 'सितारा जडेको' सार्वजनिक गरिएको छ।

    images
    images

     मंगलबार सार्वजनिक गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम खान फिचर्ड छन्। विवाहको परिवेशमा रहेर यसको भिडिओ तयार पारिएको छ। गीतमा बिदाइको क्षणलाई वर्णन गरिएको छ।

    यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन्। गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन्। संगीत संयोजन शम्भुजित बास्कोटाको हो। भिडिओको कोरियोग्राफर पनि निर्देशक दीवाकर भट्टराई स्वयं हुन्। 

    images
    images

    यो फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ।

    क्रिएटिभ सिने आट्र्स प्रा.लिको प्रस्तुतिमा फिल्म बनेको हो। यसको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्। कार्यकारी निर्माता प्रवीण भट्टराई, करण सिंह छन् भने सह–निर्माता मञ्जु भण्डारी, राजु पराजुली, सुमित ओली हुन्। राजु थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।

    'मायावी' महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend