images

२०८३ आश्विन ३० गते

images
images
images

गरिमा विकास बैंकको खुद नाफा ५५ करोड ५८ लाख

गरिमा विकास बैंकको खुद नाफा ५५ करोड ५८ लाख

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंक लिमिटेडले ५५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले बढी हो ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत बढेको छ । बैंकको सञ्चालन आम्दानी ७.२८ प्रतिशतले बढेको छ भने इम्पेरमेन्ट चार्ज १८.१८ प्रतिशतले घटेर ४४ करोड १९ लाखमा सीमित भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रहेको छ भने बैंकको निष्कृय कर्जा अनुपात ४.७२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.३४ पैसा हुँदा प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १६ पैसा रहेको छ ।

    यस अवधिमा बैंकले ८७ अर्ब ३३ करोड २८ लाख निक्षेप संकलन गरेको छ । ५ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । बैंकले ६७ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend