images

२०८३ आश्विन ३० गते

images
images
images

निफ्राले कमायो ६४ करोड, वितरणयोग्य नाफा ५२ करोड

निफ्राले कमायो ६४ करोड, वितरणयोग्य नाफा ५२ करोड

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ६४ करोड १९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६८ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस्तो नाफा गत वर्षको पहिलो ६ महिनामा ४ करोड रुपैया भन्दा बढीले घटेको छ ।

    images
    images

    बैंकको नाफा घटेको भएपनि यसको वितरणयोग्य नाफा भने ५२ करोड २१ लाख रुपैयाँ रहेको छ । यसको यस्तो नाफा गत वर्षको सोही अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ रहेको पनि बैंकले जारी गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

    यो बैंकको सञ्चालन नाफा ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसको यस्तो नाफा ९८ करोड ५५ लाख रुपैयाँ थियो ।
    यसले यो अवधिमा १ अर्ब ४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको निफ्राले गत वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ यस्तो ब्याज आम्दानी गरेको पनि यसले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ छ । यसको ७ अर्ब ५१ करोड रुपैयाँ निक्षेपसमेत संकलन गरेको छ । यसले हालसम्म २३ अर्ब २६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

    images
    images

    निस्कृय कर्जा अनुपात ०.३० प्रतिशत रहेको निफ्राले गत वर्ष यस्तो कर्जा अनुपात उल्लेख भएको थिएन । यसको कस्ट अफ फन्ड ६.८९ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ५.९४ पैसा रहेको छ । यसको प्रति शेयर नेटवर्थ ११६.५४ रुपैयाँ रहेको उल्लेख छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend