images

२०८३ आश्विन ३० गते

images
images
images

सिद्धार्थ बैंकले कमायो ५३ करोड भन्दा बढी खुद नाफा

सिद्धार्थ बैंकले कमायो ५३ करोड भन्दा बढी खुद नाफा

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५३ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको तुलनामा ५३।३६ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा इम्पेरमेन्ट चार्ज २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ०।३० प्रतिशत बढेको छ ।खुद फी तथा कमिसन आम्दानी १८।६८ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ४।४० प्रतिशत बढेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend