images

२०८३ आश्विन ३० गते

images
images
images

प्रभु बैंकका सीईओको तलब भत्ता ४ करोड, सञ्चालकले कति बुुझे ?

प्रभु बैंकका सीईओको तलब भत्ता ४ करोड, सञ्चालकले कति बुुझे ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । गत आर्थिक वर्षमा प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ तलब भत्ताका लागि भुक्तानी गरेको छ ।

    images
    images

    बैंकले गत आवमा सीईओलाई तलब बापत ३ करोड १२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै कर्मचारी बोनस बापत ३५ लाख ३४ हजार, दशैं तथा बिदा बापत भत्ता बापत ४६ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

    बैंकले सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन उपलव्ध गराईएको छ । सीईओलाई बैंकका सम्पूर्ण कर्मचारीहरुलाई बैंकको नियमानुसार दुर्घटना बीमा, औषधी उपचार बीमाको व्यवस्था गरिएको छ । सीईओ लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतलाई मोबाइल फोनको भुक्तानी गर्ने गरेको जनाएको छ ।

    images
    images

    सीईओले पाउने तलब भत्ता बपात रकमको ३९ प्रतिशतसम्म कर राज्यलाई तिर्नुपर्छ । बैंकले गत आवमा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चवापत ६९ लाख ९१ हजार ८०० रुपैयाँ भुक्तानी गरेको छ ।

    बैंकले सञ्चालक समितिका अध्यक्षलाई १८ हजार र सञ्चालक सदस्यलाई १५ हजार रुपैयाँ प्रदान गर्ने गरेको जनाएको छ ।उपसमितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई १५ हजारका दरले बैठक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।

    सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोवाइल तथा पत्रपत्रिका खर्चबापत प्रति महिना १४ हजार र सञ्चालक सदस्यहरुलाई प्रति महिना १२ हजार दिने गरेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend