images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको आइपिओ बाँडफाँट, यसरी...

गार्डियन माइक्रो लाइफको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

गार्डियन माइक्रो लाइफको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।बिक्री प्रबन्धक कुमारी क्यापिटको कार्यालयमा भएको आइपिओ बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर पाएका छन्। 

    images
    images

    उक्त आइपिओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ। बाँकी १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका बिक्री प्रबन्धक कुमारी क्यापिटलको भनाइ छ।

    कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म आइपिओ बिक्री गरेको थियो।कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

    images
    images

    सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।

    कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend