images

२०८३ आश्विन ३० गते

images
images
images

पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम शेयर खरिद गर्ने लगानीकर्ताहरु बढे

पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम शेयर खरिद गर्ने लगानीकर्ताहरु बढे

images
images
शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • काठमाडौं । पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम शेयर खरिद गर्ने लगानीकर्ताहरु बढेका छन् । मार्जिन प्रकृतिको कर्जा अर्थात शेयर धितो कर्जा प्रवाह झण्डै ३३ प्रतिशत बढेको देखिन्छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्त सम्मको तथ्यांकमा यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाहरुले पाँच महिनामै १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ शेयरकर्जा प्रवाह गरेका छन् । यो गत आर्थिक वर्षको मंसिर मसान्त सम्मको तुलनामा ३२.९५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने ८१ अर्ब १९ करोड ४ लाख मात्रै शेयरकर्जा प्रवाह भएको थियो । पछिल्लो समय ठूलो आकारको ऋण बैंकबाट लिएर शेयरमा लगानि गरेको तथ्यांकले पुष्टि हुन्छ ।

    उक्त अवधिमा सबैभन्दा धेरै १ एक भन्दा बढी सीमाको शेयरकर्जा बढेको देखिन्छ । यस्तो सीमाको कर्जा ४८.७८ प्रतिशत बृद्धि भई ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यसले बैंकहरुमा एक करोड भन्दा माथीको शेयर धितो कजाको माग बढेको देखाउछ । गत वर्षको मंसिर मसान्त सम्म भने बैंक तथा वित्तीय संस्थाले जम्मा ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

    images
    images

    यस्तै, ५० लाख देखि १ करोड सम्मको शेयरकर्जा पनि झण्डै १७ प्रतिशत बढेको देखिन्छ । गत वर्षको मंसिर सम्म बैंक तथा वित्तीय संस्थाले यस्तो सीमाको कर्जा ११ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको थियो । तर यो वर्षको सोही अवधिमा आइपुग्दा भने १६.७७ प्रतिशत बढेर १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

    यता, २५ लाख देखि ५० लाख सम्मको शेयर कर्जामा पनि ९.०५ प्रतिशत बढेको छ । गत वर्षको मंसिर मसान्त सम्म यस्तो सीमाको कर्जा १४ अर्ब १० करोड ६ लाख रुपैयाँ प्रवाह गरेका थिए । तर यस वर्षको सोही अवधिमा बढेर १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

    लगानीकर्ताहरु ठूलो आकारको ऋण बैंकबाट लिएर शेयर बजारमा लगानी गरेको पाइन्छ । तर साना आकारका शेयरधितो कर्जा प्रवाह भने तुलनात्मक रुपमा भने सुस्त छ । अर्थात २५ लाख सीमाको शेयकर्जा प्रवाह भने सामान्य (२.१३) बढेको छ । समीक्षा अवधिमा यस्तो सीमाको कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend