images

२०८३ आश्विन ३० गते

images
images
images

पाँच महिनामा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

पाँच महिनामा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्माण क्षेत्रमा बैंकहरूले ३.८५ प्रतिशत कर्जा प्रवाह बढाएका छन्। यो अवधिमा २० वाणिज्य बैंकहरूले कूल १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन्। गत आवको सोही अवधिमा भने १ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो।

    images
    images

    बैंकहरूले निर्माण क्षेत्रमा लगानी बढाउने क्रममा नबिल बैंक सबैभन्दा अगाडि छ। यस बैंकले निर्माण क्षेत्रमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि हो।यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा नेपाल बैंकले ७ अर्ब ९१ करोड, प्राइम बैंकले ५ अर्ब ८३ करोड, सिटिजन बैंकले ५ अर्ब ६८ करोड, प्रभु बैंकले ४ अर्ब २ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ७४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८ करोड सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

    यसैगरी, यो अवधिमा एसबिआई बैंकको कर्जा प्रवाह ४७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । माछापुच्छे बैंकको ९५ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७ अर्ब ९० करोड १८ लाख रुपैयाँ र कुमारी बैंकको ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकको २ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब ९३ करोड र एनएमबि बैंकको १ अर्ब ७१ करोड रुपैयाँ  सेयर सेयर धितो कर्जा प्रवाह भएको छ । 

    images
    images

    यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया र हिमालयन बैंकको सेयर धितो कर्जामा लगानी घटेको छ ।  यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड, एनआइसी एशियाले २ अर्ब ५३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ८३ करोड सेयर धितो कर्जा प्रवाह गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend