काठमाडौं । पाँचथर पावर कम्पनीले आफ्नो नवौं वार्षिक साधारणसभा माघ २४ गतेलाई बोलाएको छ ।कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थिजत होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
- कम्पनीले सभामा हाल कायम चुक्तापुँजी १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
- अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। नियमनकारी निकायहरुबाट प्रबन्धपत्र र नियमावलीमा कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
- सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।




.gif)





