images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न,...

सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राहुल अग्रवाल चयन

सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राहुल अग्रवाल चयन

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौँ । सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो ।

    images
    images

    साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

    त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायत प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ ।साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।सोही दिन बसेको सञ्चालक समितिको बैठकले राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend