images

२०८३ कार्तिक १ गते

images
images
images

हिमालयन बैंकको निक्षेप ६.८९ प्रतिशतले वृद्धि

हिमालयन बैंकको निक्षेप ६.८९ प्रतिशतले वृद्धि

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडको निक्षेप ६.८९ प्रतिशतले वृद्धि भएको छ ।

    images
    images

    बैंकको ३२औँ साधारण सभाका अवसरमा निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई  रु. दुई खर्ब सन्तानब्बे अर्ब बहत्तर करोड त्रिपन्न लाख पुगेको जानकारी दिइएको छ ।  बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८०\८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा रु। एक अर्ब तेइस करोड त्रियासी लाख तीन हजार रहेको जानकारी दिए । 

    जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने रु। चौबीस करोड छयत्तर लाख साठी हजार छुट्याइएको उनले जानकारी दिए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु। तीन खर्ब पचपन्न अर्ब त्रिहत्तर करोड ५८ लाख र रु. ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । 

    images
    images

    नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधीनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले रु.२ अर्ब ८८ करोड ५४ लाख मात्र  संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा रु. १ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जानकारी दिए । यस्तै कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब सत्चालिस अर्ब दश करोड ९० लाख रहेको उनले जानकारी दिए ।

    यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु. १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend