images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • उखु किसानलाई चार वर्षमा ४ अर्ब...

उखु किसानलाई चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ अनुदान

उखु किसानलाई चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ अनुदान

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।

    images
    images

    गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ९९ करोड ५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ ।

    आर्थिक वर्ष २०७८/०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण  गरिएको मन्त्रालयको तथ्याङ्क छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend