images

२०८३ कार्तिक १ गते

images
images
images

माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    images
    images

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु मध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ। बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ।

    ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो।

    images
    images

    कुनको ब्याजदर कति ?

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend