images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न,...

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक समितमा निर्वाचित

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक समितमा निर्वाचित

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ । आइतबार पोखरामा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गरिएको छ ।उक्त साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।

    images
    images

    बैंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए।

    त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

    images
    images

    उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनीका तर्फबाट पूर्व वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए अन्य संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend