काठमाडौं । २०८१ साल पौष महिना २५ गते गरिमा क्यापिटल लिमिटेडले काठमाडौँको बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियर होटलमा आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।सभामा क्यापिटलका सञ्चालक समितिका अध्यक्ष श्री दिपक पाण्डेले सभाको नेतृत्व गरेका थिए। यस अवसरमा प्रमुख कार्यकारी अधिकृत श्री निर्मल भट्टराईले आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदनको विषयमा शेयरधनीहरूको जिज्ञासाको उत्तर दिएका थिए।
प्रमुख निर्णयहरू
सभामा विभिन्न महत्वपूर्ण निर्णयहरू लिइएका छन्:
- आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गरिएको।
- लेखापरीक्षकको प्रतिवेदन र कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत।
- आ.व. २०८१-८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनका पारिश्रमिक निर्धारण गर्ने निर्णय।
- कम्पनीको छैटौं र आठौं वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुको रिक्त पदमा नयाँ सञ्चालकको नियुक्ति अनुमोदन।
सभामा गरिमा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षक, र अन्य सम्मानित शेयरधनीहरूको उपस्थिति रहेको थियो।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो र यसले सामूहिक लगानी कोष व्यवस्थापन, लगानी व्यवस्थापन, र निक्षेप सदस्य सेवा जस्ता विविध वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले आफ्ना सेवाहरूलाई अझ सुधार गर्दै, नविनतम प्रविधिहरूको प्रयोग गरी ग्राहकमैत्री बनाउन प्रतिबद्ध रहेको बताएको छ।
गरिमा क्यापिटल लिमिटेडले आफ्ना सेवाहरू ग्राहकसम्म सहज ढंगले पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरूसँग सहकार्य गर्दै कार्य गरिरहेको छ।




.gif)





