काठमाडौं, २६ पुस । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर बेस रेट हो । बेस रेटमा शून्य देखि ७ प्रतिशत सम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।
कर्जाको ब्याजदर आधार दर बेस रेट मा लिंक गरेको हुन्छ । आधार दर जहिले पनि तीन–तीन महिनामा घटबढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो ।
यो तल माथी हुनुमा बैंकहरुको हात हुँदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ ।
मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरि एक जोडेर ८ प्रतिशत हुने हुन्छ । त्यस कारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउँछन् तर कर्जामा चाही घटाउँदैनन् भन्ने भ्रम झुठो हो।
जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फको ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भरपर्छ । निक्षेप कति सहज हिसावले आउँछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।
आधार दर गणना गर्ने विधिः
आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनु पर्छ ।
आधार दरं कोष लागत प्रतिशतं अनिवार्य मौज्दात लागत प्रतिशतं वैधानिक तरलता लागत प्रतिशतं संचालन लागत प्रतिशत ।




.gif)





