काठमाडौं ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने समय आज पुस २४ गते, बैंकिङ समयसम्म रहेको छ। कम्पनीले पुस २१ गतेबाट दोस्रो चरणको आइपीओ निष्कासन गरेको थियो।
कम्पनीको आइपीओ संरचना
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीको स्वीकृति प्राप्त गरेको थियो।
- वैदेशिक रोजगारमा रहेका नेपालीहरू: कुल शेयरको १० प्रतिशत (२ करोड २५ लाख रुपैयाँ) मंसिर १९ देखि पुस ३ सम्म बिक्री।
- कर्मचारीका लागि: ३ प्रतिशत (६७ हजार ५०० कित्ता)।
- सामूहिक लगानी कोषका लागि: ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता)।
- सर्वसाधारणका लागि: बाँकी १८ लाख ४५ हजार कित्ता।
आवेदन प्रक्रिया
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सक्छन्। आवेदन प्रक्रिया निम्न माध्यमबाट उपलब्ध छः
- कुमारी क्यापिटल – धितोपत्र बिक्री प्रबन्धक।
- सी–आस्वा सेवा – बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू।
- मेरो शेयर प्लेटफर्म – अनलाइन आवेदन।
हिजोसम्मको तथ्यांक
सीडीएससीको तथ्यांकअनुसार पुस २३ गते साँझसम्म १४ लाख ९२ हजार ७६९ जनाले १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताको आवेदन दिएका छन्। यो मागभन्दा करिब १०.८४ गुणा बढी हो।
गोलाप्रथाबाट बाँडफाँट हुने
मागभन्दा बढी आवेदन परेकोले सेयर बाँडफाँट गोलाप्रथाबाट हुनेछ।
सफल आवेदक संख्या: १ लाख ८४ हजार ५००
- पाउने सेयर: १० कित्ताका दरले।




.gif)





