images

२०८३ कार्तिक १ गते

images
images
images

ठूलोखोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

ठूलोखोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । ठूलोखोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    images
    images

    कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा युवा ऊर्जा उद्यमी धिराज कार्की निर्वाचित भएका छन् । 

    सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०\८१  को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद  प्रवाह विवरण लगायतको वित्तीय  विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरिक्षक नियुक्ति  तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    त्यसै गरी सभाले संचालक समितिका सदस्यहरूको बैठक भत्ता तथा सुविधाहरू तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरूको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्बर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को वैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend