images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • कैलालीमा ३४ हजार चार सय क्विन्टल...

कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद

कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • धनगढी  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ । लिमिटेडले जिल्लाको छ स्थानमा गोदाम र केन्द्र सञ्चालन गरेर किसानबाट धान खरिद गरेको हो । 

    images
    images

    टीकापुर गोदामले १४ हजार ९४०.६५ क्विन्टल, सत्ती गोदामले १० हजार २६८.५७ क्विन्टल, भजनी खरिद केन्द्रले दुई हजार ५९१.८४ क्विन्टल धान खरिद गरेको जनाइएको छ । 

    यसैगरी, जोशीपुर खरिद केन्द्रमा चार हजार १४२.६६ क्विन्टल, गौरीगङ्गा खरिद केन्द्रमा २९७.४५ क्विन्टल र मोहनपुर गोदाममा दुई हजार २१६.९८ क्विन्टल धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी नवीन बूढाले जानकारी दिनुभयो । 

    images
    images

    लिमिटेडले यस वर्ष कात्तिक ११ गतेबाट किसानको धान खरिद कार्य सुरु गरेको थियो । प्रति क्विन्टल तीन हजार ४१०.५१ रुपियाँमा मोटा धान खरिद गरिएको छ । लिमिटेडले किसानलाई दिएको मूल्य व्यापारीको भन्दा राम्रो हो । व्यापारीले यसवर्ष प्रति क्विन्टल तीन हजार एक सय वा तीन हजार दुई सय रुपियाँमा किसानको धान खरिद गरेकाे जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend