images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • लाभांश पारित गर्न भोलि तीन कम्पनीको...

लाभांश पारित गर्न भोलि तीन कम्पनीको साधारण सभा, कुनको कहाँ ?

लाभांश पारित गर्न भोलि तीन कम्पनीको साधारण सभा, कुनको कहाँ ?

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । भोलि लाभांश पारित गर्नका लागि लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को  साधारण सभा बस्दै छ।

    images
    images

    लक्ष्मी सनराइज बैंक

    यस बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। बैंकको सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    images
    images

    सभा प्रयोजनका लागि यस बैंकले पुस १७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयर धनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    तारागाउँ होटल

    यस होटलले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरणको प्रस्ताव गरेको छ। होटलको सभा नेपाल आर्मी अफिसर्स क्लब, जङ्गिअड्डा–भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ।

    सभा प्रयोजनका लागि होटलले पुस ७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम सेयर धनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    एचआईडीसीएल

    यस कम्पनीको सभाले चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। यसका लागि कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्नेछ।

    सभा प्रयोजनका लागि यस कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend