images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सूचीकृत २१ वटा जलविद्युत् कम्पनीको...

नेप्सेमा सूचीकृत २१ वटा जलविद्युत् कम्पनीको लाभांश दिने निर्णय

नेप्सेमा सूचीकृत २१ वटा जलविद्युत् कम्पनीको लाभांश दिने निर्णय

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत् कम्पनीमध्ये २१ ओटाले मात्रै यस वर्ष लगानीकर्तालाई लाभांश दिने निर्णय गरेका छन् ।

    images
    images

     हालसम्ममा ५२ कम्पनीले लाभांशसम्बन्धी निर्णय गरेकोमा २१ ओटाले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश दिने भएका हुन् । बाँकी ३१ कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । 

    लाभांश दिने कम्पनी 

    images
    images

    लाभांश दिने कम्पनीमा र्जी नेपाल, रुरु जलविद्युत् कम्पनी, भगवती हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, चिलिमे जलविद्युत् कम्पनी, मान्डु हाइड्रोपावर, ग्रीन भेन्चर्स, सानिमा माई, कुथेली बुखरी, नेपाल हाइड्रो, साहस ऊर्जा, विन्ध्यवासिनी, कालिका पावर, मन्दाकिनी, अपि पावर, सुपर मादी, बुटवल पावर, राधी विद्युत्, सगरमाथा जलविद्युत्, युनाइटेड इदी मर्दी र अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेका छन् ।

     यी कम्पनीमध्ये कतिपयको लाभांश साधारणसभाबाट पारित भइसकेको छ भने बाँकीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । केहीको बोनस शेयर साधारणसभाबाट पारित भएर सूचीकृतसमेत भइसकेको छ।लाभांश दिएका २१ कम्पनीमध्ये अधिकांशको लाभांश दर गतवर्षको तुलनामा बढेको छ । कालिका पावर, चिलिमे जलविद्युत् कम्पनी र युनाइटेड इदी मर्दी एन्ड आरबीबी हाइड्रोपावरको लाभांशदर भने गतवर्षको तुलनामा यस वर्ष घटेको हो । 

    पाँच वटा कम्पनीले पहिलोपटक लाभांश दिँदै 

    ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले पहिलोपटक शेयरधनीलाई लाभांश दिन लागेका हुन् । 

    लाभांश नदिने कम्पनी 

    लाभांश नदिनेमा पिपुल्स हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, मोदी इनर्जी, रसुवागढी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, दोल्ती पावर, मेन्छियाम हाइड्रोपावर र लिबटी इनर्जीे छन् । त्यस्तै मकर जितुमाया सुरी, सानिमा मिडल तमोर, इङ्वा हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, माथिल्लो मैलुङ खोला, न्यादी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, हिमालय ऊर्जा विकास कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, भिजन लुम्बिनी, राप्ती हाइड्रो कन्स्ट्रक्सन एन्ड जनरल र मिड सोलु हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश नदिने भएका हुन् ।

    यी कम्पनीमध्ये मैलुङखोला जलविद्युत् कम्पनीले अघिल्लो आव २०७९/८० को मुनाफाबाट २ दशमलव २३ प्रतिशत बोनस शेयर र शून्य दशमलव १२ प्रतिशत नगद लाभांश दिएको थियो ।  जलविद्युत् कम्पनीहरू धेरैजसो भर्खर सर्वसाधारणलाई शेयर निष्कासन गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका छन् । धेरैजसोले विद्युत् उत्पादन पनि गरेका छैनन् । यसकारण पनि उनीहरूले लाभांश दिन नसकेका हुन् । यी सबै कम्पनीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । 

    लाभांश घोषणा नगरे पनि न्यून चुक्ता पुँजी र ३ वर्षको लकिङ पिरियड नखुलेका कारण यी कम्पनीहरुको शेयर मूल्य भने दोस्रो बजारमा लाभांश दिने कम्पनीको भन्दा बढी छ । नेप्सेको १२ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कम्पनी सूचीकृत भएको समूह पनि हाइड्रोपावर नै हो । पछिल्लो समय सबैभन्दा धेरै कारोबार रकम पनि हाइड्रोपावर समूहकै हुने गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend