images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफले गर्याे आजबाट आइपीओ...

गार्डियन माइक्रो लाइफले गर्याे आजबाट आइपीओ बिक्री खुला

गार्डियन माइक्रो लाइफले गर्याे आजबाट आइपीओ बिक्री खुला

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रक्रिया आरम्भ गरेको छ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ। यसमध्ये १८ करोड ४५ लाख रुपैयाँ बराबरका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

    images
    images

    कर्मचारीहरूको सहभागिता सुनिश्चित गर्न, कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयरकर्मचारीहरूका लागि तथा ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्यूचुअल फन्डहरूको लागि छुट्याएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै कम्पनीले यसअघि नै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ।

    आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई "केयर एनपी डबल बी माइनस इस्यूअर" रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।आईपीओमा आवेदन दिन इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पुस २४ गतेसम्म खुला रहनेछ। यस शेयर निष्काशनको व्यवस्थापन कुमारी क्यापिटल लिमिटेडले गर्नेछ।शेयर खरिद गर्न चाहने आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, र सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    images
    images

    यो अवसरले लगानीकर्ताहरूलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वृद्धि र विकासमा सहयात्री बन्ने अद्वितीय मौका प्रदान गरेको छ। कम्पनीको शेयरमा लगानी गर्नु सशक्त आर्थिक सम्भावना र सुरक्षित भविष्यको दिशामा कदम चाल्नु हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend