काठमाडौँ, पुस २० गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने हुनु भएको छ । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरुको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यस तर्फ जाँदै हुनुहुन्छ ।रासस




.gif)



