images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा झिनो अंकको वृद्धि, ४ अर्ब...

नेप्सेमा झिनो अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ । बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ । 

    images
    images

    १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेप्से बढ्दा १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले बढेको छ । 

    आज बसैभन्दा बढी ट्रेडिङ समूह २.०३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले बढेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend