images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • ग्लोबल हाइड्रोपावर एसोसिएटले ६५ लाख...

ग्लोबल हाइड्रोपावर एसोसिएटले ६५ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

ग्लोबल हाइड्रोपावर एसोसिएटले ६५ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले ६५ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । गत असार २१ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुर्‍याउने निर्णय भए बमोजिम संस्थापकमा यी शेयर विक्री गर्न लागिएको हो ।

    images
    images

    कम्पनीको जगेडामा रहन आउने शेयरमध्ये उल्लेखित शेयर साबिकमा कायम रहेको शेयरको अनुपातमा विक्री गर्ने निर्णय कम्पनीले गरेको हो ।  थप शेयर लिन इच्छुक शेयरधनीहरुले आफूले लिन माग गरेको शेयर वापत हुन आउने रकम शतप्रतिशतका दरले हुन आउने रकम आगामी ३० दिनभित्र खातामा जम्मा गरी सोको भौचरको प्रतिलिपि सहित कम्पनीमा निवेदन दिनुपर्नेछ ।

    यी शेयर संस्थापकमा विक्री नभएमा बाँकी सम्पूर्ण शेयर जफत गरी कम्पनीमा ल्याई सञ्चालक समितिले उपयुक्त देखेका लगानीकर्तालाई शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend