images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण...

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • भोजपुर । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन् ।

    images
    images

    सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।

    यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौं बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बिेच्दै आएका छन् । केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ-५ का किसान सन्तोष विष्टले बताए ।यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ ।

    images
    images

    एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर-लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend