images

२०८३ आश्विन २१ गते

images
images
images

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • म्याग्दी । गत वर्षको तुलनामा यो वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादन दुई प्रतिशतले वृद्धि भएको छ ।

    images
    images

    साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए। एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो।

    चालु आर्थिक वर्षमा तीन हजार ८०६ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार ६६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष सोही क्षेत्रफलमा १२ हजार ९७९ मेट्रिक टन उत्पादन भएको थियो।

    images
    images

    अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए। दुई हजार २९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४९८ हेक्टरमा मात्र खेती भएको छ। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend