images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • उद्योगहरूलाई विद्युत् प्राधिकरणले दियो २८...

उद्योगहरूलाई विद्युत् प्राधिकरणले दियो २८ किस्तामा बक्यौता तिर्ने सुविधा

उद्योगहरूलाई विद्युत् प्राधिकरणले दियो २८ किस्तामा बक्यौता तिर्ने सुविधा

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • ३१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत खपत गरेका उद्योगहरुलाई बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको छ ।

    images
    images

    डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उद्योगहरुलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको हो ।

    प्राधिकरण सञ्चालक समितिको २६ गतेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी किस्ताबन्दी सुविधा लाभ लिन भनेको छ ।

    images
    images

    लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरुले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

    त्यसपछि लाल आयोगको सिफारिसको आधारमा ‘विवादमा रहेको दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाखसम्म)मा लोडसेडिङ कायम रहेको र सो अवधिको महसुल निर्धारण तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले गरिसकेको अवस्था भएकाले उक्त अवधिको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बाफतको थप महसुल लिने’ निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।

    त्यसपछि प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend